शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्चारमाध्यमलाई ओलीको सुझाव : युट्युब र टिकटकबाट आत्तिनुपर्दैन

बुधबार, १५ चैत २०७९, १५ : २७
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरूलाई युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन सुझाव दिएका छन् । अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चार माध्यमहरू नै भएको ओलीको भनाई थियो । 

बुधबार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युजको सम्भावना नरहेको तर्क समेत गरे । ओलीले भने, ‘अत्यन्तै तीव्रताका साथ आज दुनियाँमा सञ्चारका प्रविधिहरू अत्यन्तै विकास भइरहेका छन् । टेलिभिजनहरू एउटा कुरासँग अलि हच्किएको देख्छु–युट्युब सँग, के सँग, टिकटकसँग, फेसबुकसँग, सामाजिक सञ्जालसँग । त्यो सबैले समाचार प्राप्त गर्ने भनेको टेलिभिजनबाटै हो । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरूले बनाउने हो । त्यो त इन्डिभिजियोल्ली चलाउने कुरा हो । अर्गानाइज वे मा चलेको हुँदैन । त्यस कारण उनीहरूसँग वाइड इन्फरमेसन, इमिडियट इन्फरमेसन, फ्रेस इन्फरमेसन, वास्तवमा न्युज ब्रेकिङ उनीहरूबाट साधारणतया सम्भावना कम हुन्छ । किनभने कहाँ, के भएको हुन्छ ? उनीहरूको नेटवर्किङ त्यति हुँदैन । त्यस कारण यसको त नेटवर्किङ हुन्छ । नेटवर्क विस्तार गरौँ । नयाँ प्रविधि भित्र्याऊ । यो कुरा चाहिँ तपाईंहरुले ध्यानमा राख्नु हुनेछ भन्ने मैले ठानेको छु । मुख्य कुरा टिम स्पिरिट हो ।’

ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराए। त्यस अवसरमा उनले विश्वमा नै टेलिभिजन सञ्चार माध्यमको विकासको इतिहास लामो नभएको पनि उल्लेख गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप