बारा २ बाट चुनाव लड्न यादवलाई जसपाको आग्रह
बुधबार, १५ चैत २०७९, १८ : १७
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बारा २ बाट चुनाव लड्न आग्रह गरिएको छ । बारामा भएको जसपाको क्षेत्रीय भेलाले अध्यक्ष यादवलाई चुनाव लड्न आग्रह गरिएको जसपाका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका अर्थ मन्त्री संजयकुमार यादवले बताए ।
अध्यक्ष यादवलाई ६ हजार जनाको हस्तान्तरणबाट बारा २ मा चैत १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गरिएको उनले बताए । त्यस क्षेत्रबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको छ । सप्तरी २ बाट अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण