बारा २ बाट चुनाव लड्न यादवलाई जसपाको आग्रह
बुधबार, १५ चैत २०७९, १८ : १७
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बारा २ बाट चुनाव लड्न आग्रह गरिएको छ । बारामा भएको जसपाको क्षेत्रीय भेलाले अध्यक्ष यादवलाई चुनाव लड्न आग्रह गरिएको जसपाका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका अर्थ मन्त्री संजयकुमार यादवले बताए ।
अध्यक्ष यादवलाई ६ हजार जनाको हस्तान्तरणबाट बारा २ मा चैत १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गरिएको उनले बताए । त्यस क्षेत्रबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको छ । सप्तरी २ बाट अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने