अमेरिकामा सेनाको हेलिकप्टर दुर्घटना, धेरैको ज्यान गएको आशङ्का
बिहीबार, १६ चैत २०७९, १२ : २८

अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले यसको पुष्टि गरेका छन् । उनले यसलाई नराम्रो खबर बताउँदै यसमा मानिसहरू मारिने सम्भावना रहेको बताए ।
स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार यो घटना स्थानीय समयानुसार २१ः३५ बजे भयो जसमा ९ जना मारिएका छन् । स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।
फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीमा दुई वटा एचएच६० ब्ल्याकहक हेलिकोप्टर नियमित नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताए ।
चालक दलका सदस्यको अवस्थाबारे कुनै जानकारी नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण