एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि
विहीबार, १६ चैत्र २०७९, १४ : १७

ललितपुर । एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगिता २०७९ को उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
एपीएफले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय रन बनाउन सक्यो । कोशीका लागि रुविना चौधरीले ३५ रन तथा लतिका राजवंशीले २१ रनको योगदान दिइन् । एपीएफकी विनु बुढामगरले २ तथा रेखा रावलले एक विकेट लिइन् ।
यसअघि पहिलो ब्याटिङ गरेको एपीएफले १ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले नटआउट रहँदै ७९ रन बनाइन् भने इन्दु वर्माले नटआउट रहेरै ५१ रनको योगदान दिइन् । कोशीका लागि एक मात्र विकेट अलिसा खड्काले लिइन् । एपीएफले लगातार तेस्रोपटक यो उपाधि जित्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
-
वैदेशिक रोजगारीमा रहेकाले स्याङ्ग हाइड्रोपावरको आईपीओमा निवेदन दिने आज अन्तिम दिन
-
राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट
-
रेशम चौधरीको माफी : लोकतन्त्र क्षयीकरणको खतरनाक बाटो
-
बढेन क्यासिनोले बुझाउनुपर्ने रोयल्टी, वार्षिक ५ करोड बुझाउनुपर्ने
-
सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा