एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि
बिहीबार, १६ चैत २०७९, १४ : १७
ललितपुर । एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगिता २०७९ को उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
एपीएफले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय रन बनाउन सक्यो । कोशीका लागि रुविना चौधरीले ३५ रन तथा लतिका राजवंशीले २१ रनको योगदान दिइन् । एपीएफकी विनु बुढामगरले २ तथा रेखा रावलले एक विकेट लिइन् ।
यसअघि पहिलो ब्याटिङ गरेको एपीएफले १ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले नटआउट रहँदै ७९ रन बनाइन् भने इन्दु वर्माले नटआउट रहेरै ५१ रनको योगदान दिइन् । कोशीका लागि एक मात्र विकेट अलिसा खड्काले लिइन् । एपीएफले लगातार तेस्रोपटक यो उपाधि जित्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण