कोकिन कारोबारमा संलग्न दुई भारतीय महिला पक्राउ, नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट तस्करी
काठमाडौँ । प्रतिबन्धित लागुऔषध कोकिन कारोबारमा संलग्न भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट कोकिन तस्करीमा संलग्न दुई जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।
राजधानीबाट पक्राउ पर्नेमा भारत असाम घर भएकी ४६ वर्षीय भनल्वामी र भारतकै अर्कै २९ वर्षीय महिला इस्थर ललिम्पुई रहेका छन् । भनल्वामी दिल्ली हुँदै अफ्रिकाको गिनी पुगेर लागुऔषध नेपाल ल्याएको खुलेको छ । विभिन्न देश घुमेपछि उनले दोहा हुँदै कोकिन ल्याएको अनुसन्धानका क्रममा खुलेको छ।
यसैगरी इस्थर ललिम्पुईले पश्चिम अफ्रिकाको बेनिन भन्ने देशबाट कोकिन ल्याएको खुलेको छ । उनीहरु क्रमशः चैत १३ र १४ गते पक्राउ परेका हुन् ।
उनीहरु दुई जनाको साथबाट ७ किलो ८८७ ग्राम कोकिन बरामद भएको छ । उनीहरुले विदेशबाट कोकिन ल्याउने र स्थलमार्ग हुँदै भारत लैजाने उद्देश्यले तस्करी गरेको खुलेको प्रहरीको भनाइ छ । नेपाललाई ट्रान्जिट बनाएर तस्करीको गिरोहले यस्ता कार्य गर्दै आएको सार्वजनिक हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण