'कांग्रेस धेरै गतिलो भनेको होइन, तर थानको कपडा हो’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेस थानथानको कपडा जस्तै र अरू पार्टी टालाटुली बटुली जस्तै भएको टिप्पणी गरेका छन् ।
बिहीबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेसँग ८० सिट भएपनि सरकारमा जाऊ जाऊ नभनी ढुंगामाथि बसेर मुर्चुङगा बजाएर आनन्द लिइरहेको बताए । उनले कांग्रेससँग सहकार्य हुनै नसक्ने नभनेको पनि बताए ।
‘हामीले नेपाली कांग्रेससँग कुनैपनि समयमा कहिल्यै पनि सहमति हुनै सक्दैन भनेर भनेका छैनौं, त्यस्तो कसम खाएको पनि छैन’, ओलीले भने, ‘फेरि नेपाली कांग्रेस खास गतिलो पार्टी भनेको होइन फेरि, यो भ्रम नरहोस् तर तुलनात्मक रूपमा टालाटुली बटुलेर सुट सिलाउनुभन्दा थानकै कपडाबाट सुट सिलाउनु राम्रो देखिन्छ भनेको हो ।’
एमाले र कांग्रेस बण्डलबण्डल र थान थानका कपडा जस्तै भएको ओलीको भनाइ छ । ‘त्यसकारण नेपाली कांग्रेस र एमाले भनेका थान थानका कपडा भए, अरू भनेका टालाटुली हुन् । टालाटुली जोडेर पुतली बनाउन सकिन्छ तर सुट ठिक हुँदैन । सरकार बनाउनेजस्तो कुरा ख्याल ठट्टा होइन’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि