'कांग्रेस धेरै गतिलो भनेको होइन, तर थानको कपडा हो’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेस थानथानको कपडा जस्तै र अरू पार्टी टालाटुली बटुली जस्तै भएको टिप्पणी गरेका छन् ।
बिहीबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेसँग ८० सिट भएपनि सरकारमा जाऊ जाऊ नभनी ढुंगामाथि बसेर मुर्चुङगा बजाएर आनन्द लिइरहेको बताए । उनले कांग्रेससँग सहकार्य हुनै नसक्ने नभनेको पनि बताए ।
‘हामीले नेपाली कांग्रेससँग कुनैपनि समयमा कहिल्यै पनि सहमति हुनै सक्दैन भनेर भनेका छैनौं, त्यस्तो कसम खाएको पनि छैन’, ओलीले भने, ‘फेरि नेपाली कांग्रेस खास गतिलो पार्टी भनेको होइन फेरि, यो भ्रम नरहोस् तर तुलनात्मक रूपमा टालाटुली बटुलेर सुट सिलाउनुभन्दा थानकै कपडाबाट सुट सिलाउनु राम्रो देखिन्छ भनेको हो ।’
एमाले र कांग्रेस बण्डलबण्डल र थान थानका कपडा जस्तै भएको ओलीको भनाइ छ । ‘त्यसकारण नेपाली कांग्रेस र एमाले भनेका थान थानका कपडा भए, अरू भनेका टालाटुली हुन् । टालाटुली जोडेर पुतली बनाउन सकिन्छ तर सुट ठिक हुँदैन । सरकार बनाउनेजस्तो कुरा ख्याल ठट्टा होइन’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण