एसईई परीक्षामा दोलखाबाट ३ हजार ४० जना परीक्षार्थी सहभागी हुँदै
दोलखा। शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा दोलखाबाट ३ हजार ४० जना परीक्षार्थी सहभागी हुने भएका छन्। जसमध्ये दोलखामा १ हजार ३९८ छात्र र १ हजार ६४२ छात्राले यो वर्षको एसईई परीक्षा दिँदै छन् ।
शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने सो परीक्षा आगामी २९ चैत सम्म चल्नेछ । परीक्षामा संलग्न हुने कुल विद्यार्थीमध्ये सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार २३१ छात्र र १ हजार ५२४ छात्रा गरी कुल २ हजार ७५५ रहेका छन् । यसैगरी संस्थागत विद्यालयतर्फ १४७ छात्र तथा १०८ छात्रा गरी कुल २५५ जना रहेका छन् ।
यस्तै खुल्लातर्फ २० छात्र तथा १० छात्रा गरी कुल ३० जना परीक्षार्थी रहेका छन् । यो वर्षको एसइई परीक्षामा दोलखाका ८७ सामूदायिक विद्यालय, ११ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरु सम्मिलित हुँदैछन् ।परीक्षा सञ्चालनका लागि १९ परीक्षा केन्द्र तोकिएको छ ।
यो पटकको परीक्षा विगतका वर्षहरूमा भन्दा अझै व्यवस्थित र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण