एसईई परीक्षामा दोलखाबाट ३ हजार ४० जना परीक्षार्थी सहभागी हुँदै

दोलखा। शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा दोलखाबाट ३ हजार ४० जना परीक्षार्थी सहभागी हुने भएका छन्। जसमध्ये दोलखामा १ हजार ३९८ छात्र र १ हजार ६४२ छात्राले यो वर्षको एसईई परीक्षा दिँदै छन् ।
शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने सो परीक्षा आगामी २९ चैत सम्म चल्नेछ । परीक्षामा संलग्न हुने कुल विद्यार्थीमध्ये सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार २३१ छात्र र १ हजार ५२४ छात्रा गरी कुल २ हजार ७५५ रहेका छन् । यसैगरी संस्थागत विद्यालयतर्फ १४७ छात्र तथा १०८ छात्रा गरी कुल २५५ जना रहेका छन् ।
यस्तै खुल्लातर्फ २० छात्र तथा १० छात्रा गरी कुल ३० जना परीक्षार्थी रहेका छन् । यो वर्षको एसइई परीक्षामा दोलखाका ८७ सामूदायिक विद्यालय, ११ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरु सम्मिलित हुँदैछन् ।परीक्षा सञ्चालनका लागि १९ परीक्षा केन्द्र तोकिएको छ ।
यो पटकको परीक्षा विगतका वर्षहरूमा भन्दा अझै व्यवस्थित र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयलाई सय शय्याको अस्पतालमा घटुवा गरेपछि सुदूरपश्चिमवासी ‘फायर’ : शङ्काको घेरामा सांसद बलायर
-
प्रधानमन्त्रीले केही समयपछि चीन भ्रमण गर्नुहुन्छ : सापकोटा
-
महिला टी २० क्रिकेट : आज पुनः मलेसियासँग भिड्दै नेपाल
-
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
-
चिवाभञ्ज्याङ नाका खोल्न माग
-
एनआरएनएद्वारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत