उपचुनावसम्म सरकारमा एकजना मन्त्रीमात्र पठाउने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपनिर्वाचनसम्मका लागि एक जना मन्त्री मात्र सरकारमा पठाउने निर्णय गरेको छ ।
भागबन्डामा दुइटा मन्त्रालय पाएको जसपाले आज अशोक राईको नाम शिक्षा र वन मन्त्रालय सम्हाल्ने गरी प्रधानमन्त्री कार्यालयलाई पठाएको हो । उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा आफै उम्मेदवार बन्ने लगभग निश्चित छ । मधेस प्रदेशमा मन्त्रीका आकाङ्क्षी धेरै भएका कारणले एक जनालाई मन्त्री बनाएर अध्यक्ष उपेन्द्र यादवले रिस्क लिन नसकिने बताइएको छ ।
मन्त्रीका लागि कार्यकारिणी सदस्य राजकिशोर यादव, केन्द्रीय सदस्य प्रदीप यादव, वीरेन्द्र महतो, रञ्जु ठाकुर, रेखा यादव प्रतिस्पर्धी थिए । उनीहरू मन्त्री बन्नका लागि लबिङ गरिरहेका थिए । यसमध्ये एक जनालाई मन्त्री बनाए असन्तुष्टहरूले चुनाव असहयोग गर्न सम्भावना देखेर चुनावसम्मका लागि यो रणनीति लिइएको हो ।
बारा २ लगायत, तनहुँ १ र चितवन २ मा वैशाख १० गते चुनाव हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण