बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उपचुनावसम्म सरकारमा एकजना मन्त्रीमात्र पठाउने जसपाको निर्णय

शुक्रबार, १७ चैत २०७९, १३ : ५०
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपनिर्वाचनसम्मका लागि एक जना मन्त्री मात्र सरकारमा पठाउने निर्णय गरेको छ ।

भागबन्डामा दुइटा मन्त्रालय पाएको जसपाले आज अशोक राईको नाम शिक्षा र वन मन्त्रालय सम्हाल्ने गरी प्रधानमन्त्री कार्यालयलाई  पठाएको हो । उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा आफै उम्मेदवार बन्ने लगभग निश्चित छ । मधेस प्रदेशमा मन्त्रीका आकाङ्क्षी धेरै भएका कारणले एक जनालाई मन्त्री बनाएर अध्यक्ष उपेन्द्र यादवले रिस्क लिन नसकिने बताइएको छ ।

मन्त्रीका लागि कार्यकारिणी सदस्य राजकिशोर यादव, केन्द्रीय सदस्य प्रदीप यादव, वीरेन्द्र महतो, रञ्जु ठाकुर, रेखा यादव प्रतिस्पर्धी थिए । उनीहरू मन्त्री बन्नका लागि लबिङ गरिरहेका थिए । यसमध्ये एक जनालाई मन्त्री बनाए असन्तुष्टहरूले चुनाव असहयोग गर्न सम्भावना देखेर चुनावसम्मका लागि यो रणनीति लिइएको हो । 

बारा २ लगायत, तनहुँ १ र चितवन २ मा वैशाख १० गते चुनाव हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप