शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

श्रीलङ्का आतङ्क छैन, गुणात्मक सुधार भएको छ :  प्रधानमन्त्री

शुक्रबार, १७ चैत २०७९, १७ : ४६
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिनाको बीचमा आर्थिक र सुशासनमा गुणात्मक सुधार आएको बताएका छन् ।  शुक्रवार रिपोर्टस क्लबको रजत महोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले समृद्धि र सुशासनमा गुणात्मक सुधार आएको दाबी गरेका हुन् ।   ‘हो देश अहिले आर्थिक रूपले अप्ठेरो स्थितिबाट गुज्रेको छ ।

राजनीतिक स्थायित्व र सुशासनको कुरा पनि छ । मेरो सय दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने पहिलो पटकको क्याबिनेटमै मैले अर्थतन्त्रको सुधारको कुरा गरेको थिएँ । त्यसमा निजी क्षेत्र र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणाममुखी सहकार्यको कुरा गरेको थिएँ’,  प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासनतर्फ लामो लाइन बस्ने पासपोर्ट, लाइसेन्स वा अन्य नै किन नहोस् त्यसलाई घटाउने कुरा गरेको थिएँ, सय दिनमा आउँदा म आफूचाहिँ मूलभूत रूपमा ती काममा सुधार भएको अनुभव छ र सुधार गर्न सकिन्छ भन्ने मेरो विश्वास झन् बढेको छ ।’

प्रधानमन्त्री प्रचण्डले गएको तीन महिनामा अर्थतन्त्रमा पनि सुधार आएको बताए ।  ‘अर्थतन्त्रमा गएको तीन महिनामा रेमिटेन्स, राजश्व र विदेशी मुद्रा सिंचितिमा धेरै सुधार भएको छ, करिब करिब गुणात्मक । अझै पनि आर्थिक समस्याका लागि पहल गर्नु नै छ । सरोकारवालासँग पटक–पटक छलफल गरेको छु’, उनले भने, ‘सबैको सहयोगले यो समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास छ । गत सालसम्म श्रीलङ्का आतङ्क तर अहिले त्यो छैन ।’ 

प्रधानमन्त्रीले आफू तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि सुशासन, सामाजिक न्याय र सम्मृद्धिको सपना बोकेर नेपाल र नेपाली जनताका अगाडि खडा भएको भन्दै कार्यकाल सय दिन पुग्दा नपुग्दै नयाँ–नयाँ राजनीतिक समीकरण भएको बताए । ‘अब मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ । अब यसले गति लिनुपर्छ भन्ने मेरो प्रतिबद्धता र सङ्कल्प छ’, यद्यपि प्रधानमन्त्रीले आफूमाथि घेरा हाल्ने प्रवृत्ति नरोकिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप