शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिमीसँगै हुँदा’ मा कलासँग पलको रोमान्स

शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । करिब एक वर्षको जेल जीवनपछि बाहिर आएका अभिनेता पल शाहले अभिनय गरेको पहिलो भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ । निशा शर्मा अर्यालको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।

गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको प्रेमकथा समेटिएको गीतको निर्देशन तथा कोरियोग्राफी दिनेश पाख्रिनले गरेका हुन् । गीतमा कला राईले पललाई मोडलिङमा साथ दिएका छन् ।

राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियोमा राम केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका दिनेश पाख्रिनले तिमीसँगै हुँदाको भिडियोलाई धेरै लगानीमा निर्माण गरेको बताएका छन् । गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ । गीतले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको  छ ।  

पल शाहले लामो समय पछि भिडियोमा अभिनय गरे बापत ३ लाख पारिश्रमिक लिने बताएका छन् । निर्देशक पाख्रिनले भने पहिले नै सम्झौता हुँदा झण्डै ३ लाख नजिक पारिश्रमिक दिएको बताएका छन् । पलले यसपछि होम प्रोडक्शनको भिडियोमा काम गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया