के भयो सलमान खानलाई ?
सारांश
- सलमान खानको पछिल्लो सार्वजनिक उपस्थितिपछि उनको स्वास्थ्यबारे सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ ।
- प्रशंसकहरूले उनको अनुहारमा थकान, तौल घटेको र बिरामी वा चिन्तित देखिएको टिप्पणी गरेका थिए ।
- सलमानले इन्स्टाग्राममा कालो-सेतो तस्बिर सार्वजनिक गर्दै 'तपाईंहरू सबैको स्वास्थ्य कस्तो छ ?' भनी प्रश्न गरेका छन् ।
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको पछिल्लो सार्वजनिक उपस्थितिपछि उनको स्वास्थ्यबारे सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ ।
मुम्बईस्थित स्लम पुनर्वास प्राधिकरण (एसआरए) को कार्यालयमा आयोजित एक कार्यक्रममा सहभागी भएका सलमानको तस्बिर र भिडियो सार्वजनिक भएपछि धेरै प्रशंसकले उनी अस्वस्थ देखिएको टिप्पणी गरेका थिए ।
धेरैले उनको अनुहारमा थकान देखिएको, तौल घटेको जस्तो लागेको र उनी बिरामी वा चिन्तित देखिएको प्रतिक्रिया दिएका थिए ।
बढ्दो चर्चापछि सलमान खानले सोमबार राति इन्स्टाग्राममा आफ्ना केही कालो–सेतो तस्बिर सार्वजनिक गर्दै अप्रत्यक्ष रूपमा प्रतिक्रिया दिएका छन् । टोपी लगाएका ती तस्बिरमा उनी गम्भीर मुद्रामा देखिन्छन् । तस्बिरसँग उनले आफ्नै स्वास्थ्यबारे केही नलेखी प्रशंसकलाई नै प्रश्न गर्दै लेखेका छन्, ‘तपाईंहरू सबैको स्वास्थ्य कस्तो छ ?’
सलमानले आफ्नो स्वास्थ्यबारे प्रत्यक्ष स्पष्टीकरण नदिए पनि उनको यो पोस्टलाई धेरै प्रशंसकले सकारात्मक रूपमा लिएका छन् । धेरैले परिस्थिति शान्त र संयमित ढंगले सम्हाल्ने उनको शैलीको प्रशंसा गरेका छन् ।
हालसम्म सलमान खान वा उनको टोलीले उनी कुनै स्वास्थ्य समस्याबाट गुज्रिरहेको आधिकारिक पुष्टि गरेका छैनन् । त्यसैले उनी बिरामी भएको दाबी पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण