आईपीएलमा चेन्नई गुजरातसँग लगातार तेस्रो खेलमा पराजित
गुजरात । डिफेन्डर च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजनमा विजयी सुरुवात गरेको छ । टोलीले ४ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले पराजित गरेको हो । चेन्नईमाथि गुजरातको यो लगातार तेस्रो जित हो।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । टस हारेर ब्याटिङ गर्दै चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
पहिले ब्याटिङ गर्दै चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए । मोइन अलीले २३ रन बनाए । मध्यक्रममा शिवम दुबेले १९ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन बनाए । गुजरातका लागि मोहम्मद सामी, राशिद खान र अल्जारी जोसेफले २–२ विकेट लिए ।
जवाफी इनिङ्समा गुजरातका ओपनर शुभमन गिलले ३६ बलमा ६३ रन बनाए । त्यसपछि विजय शंकरले २७ रनको टिकाउ इनिङ खेले । ऋद्धिमान साहाले १६ बलमा २५ रन बनाएर टिमलाई राम्रो सुरुवात गराएका थिए । पावर प्लेको ६ ओभरमा टोलीले ६५ रन बनाएको थियो । साई सुदर्शनले पनि २२ रनको महत्त्वपूर्ण योगदान दिए । उनले गिलसँग ३५ बलमा ५३ रनको साझेदारी गरे ।
चेन्नईका लागि आईपीएल डेब्यू खेल खेल्दै आएका राजवर्धन हेङ्गारगेकर आफ्नो बलिङबाट प्रभावित भएका छन् । उनले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए । रविन्द्र जडेजा र तुषार देशपाण्डेले एक–एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच भने रासिद खान चुनिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026