उपराष्ट्रपति यादव बारा जाँदै
शनिबार, १८ चैत २०७९, ११ : २५
काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादव जीतपुर सिमरा गोल्ड कपको समापन कार्यक्रममा सहभागी हुन बारा जाने भएका छन् । नव जनजागृति युवा क्लबद्वारा आयोजित जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण चैत्र ६ गते देखि १८ गतेसम्म निर्माणाधीन सिमरा रंगशालामा सञ्चालन भइरहेको छ । उपराष्ट्रपति यादव गोल्ड कप समापन समारोहमा सहभागी हुन बारा जान लागेको आयोजक संस्थाले जनाएको छ ।
यो जीतपुर सिमरा गोल्ड कप मधेश प्रदेशमा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिताहरू मध्ये महत्वपूर्ण प्रतियोगिता हो । विगतका संस्करणहरूको उद्घाटन तथा समापन समारोह पनि राष्ट्रका प्रतिष्ठित व्यक्तित्वहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आयोजक क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण