लिभरपुलविरुद्ध सिटीको उत्कृष्ट पुनरागमन
म्यानचेस्टर । एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले लिभरपुलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । जीतसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ ।
यो सिजन ४२ गोल गरिसकेका स्टार स्ट्राइकर अर्लिङ हालान्डबिना मैदानमा उत्रेको सिटी खेलको १७ औँ मिनेटमा मोहमद शालाहको गोलमा पछि परेको थियो । सिटीविरुद्ध १८ खेलमा उनको यो ११ औँ गोल थियो । तर, जुलियन अल्भारेजले खेलको २७ औँ मिनेटमा बराबरी गोल फर्काए ।
दोस्रो हाफको सुरुवातमा नै केभिन डि ब्रुयनाले सिटीलाई अग्रता दिलाए । लगत्तै इल्के गुन्डोगानले सिटीको अग्रता फराकिलो बनाए । खेलको ७४ औँ मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । २८ खेलबाट सिटीको ६४ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको आर्सनलको ६९ अङ्क छ । लिभरपुल भने ४२ अङ्कसहित छैटौँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण