सांसद दीपक सिंहको प्रश्न : लिपुलेकको बारेमा संसदमा किन कसैले एक शब्द बोल्न नसकेको ?

काठमाडौँ । राप्रपा सांसद दीपकबहादुर सिंहले महाकाली, कालापानी, लिपुलेकको बारेमा किन कसैले संसदमा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले सत्ता जान्छ भन्ने डरले नबोलेको हो कि भन्दै प्रश्न गरे । उनले भने– ‘महाकाली, कालापानी, लिपुलेकको बारेमा आजसम्म कसैले किन आजसम्म एक शब्द बोल्न सकिरहेको छैन ? के डर लाग्छ ? सत्ता जानसक्छ भन्ने डरले बोल्न नसकेको हो कि ?’
उनले ठूला दलले मिसन महाकाली, मिसन किसानले मल नपाएको विषय नउठाएको बताए । उनले भने– ‘म भन्न चाहन्छु यी ठूला दलहरुले मिसन महाकाली कहिले सुरु गर्ने ? किसानले मल पाइरहेको छैन, भएको अनुदान कट्टा गर्न लागिरहेको छ । के नेपालका किसानहरुलाई खाडी मुलुक जा भन्न खोजिरहेको त हैन सरकारले ?
सांसद सिंहले ठूला पार्टीले मिसन ग्रास रुट, मिसन माउन्ट एभरेष्ट सुरु गरेको तर किसानले मल नपाएको विषयमा नबोलेको भन्दै गुनासो गरेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहीले भने– ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’
-
मङ्गलबारदेखि ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ हुँदै
-
५ महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए
-
एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड !
-
जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरू
-
बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा