सांसद दीपक सिंहको प्रश्न : लिपुलेकको बारेमा संसदमा किन कसैले एक शब्द बोल्न नसकेको ?
काठमाडौँ । राप्रपा सांसद दीपकबहादुर सिंहले महाकाली, कालापानी, लिपुलेकको बारेमा किन कसैले संसदमा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले सत्ता जान्छ भन्ने डरले नबोलेको हो कि भन्दै प्रश्न गरे । उनले भने– ‘महाकाली, कालापानी, लिपुलेकको बारेमा आजसम्म कसैले किन आजसम्म एक शब्द बोल्न सकिरहेको छैन ? के डर लाग्छ ? सत्ता जानसक्छ भन्ने डरले बोल्न नसकेको हो कि ?’
उनले ठूला दलले मिसन महाकाली, मिसन किसानले मल नपाएको विषय नउठाएको बताए । उनले भने– ‘म भन्न चाहन्छु यी ठूला दलहरुले मिसन महाकाली कहिले सुरु गर्ने ? किसानले मल पाइरहेको छैन, भएको अनुदान कट्टा गर्न लागिरहेको छ । के नेपालका किसानहरुलाई खाडी मुलुक जा भन्न खोजिरहेको त हैन सरकारले ?
सांसद सिंहले ठूला पार्टीले मिसन ग्रास रुट, मिसन माउन्ट एभरेष्ट सुरु गरेको तर किसानले मल नपाएको विषयमा नबोलेको भन्दै गुनासो गरेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण