शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’ मा प्रथम र नग्माको रोमान्स

आइतबार, १९ चैत २०७९

काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको गीत ‘बर्दिबासको घाम’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, संगीत र एरेन्ज रहेको भिडियोमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ ।
वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेम देखाइएको भिडियो डान्सिङ शैलीमा तयार गरिएको छ । दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको भिडियो मोडल प्रथम क्षेत्री आफैले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया