आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपाले छान्यो उपनिर्वाचनका उम्मेदवार

आइतबार, १९ चैत २०७९, १६ : ००
आइतबार, १९ चैत २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ । पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाकारी दिए । 

नेता श्रेष्ठका अनुसार राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप