पीएसजी हार्दा मेस्सीको आलोचना
सोमबार, २० चैत २०७९, ०६ : ४१
पेरिस । घरेलु मैदानमा लियोनसँग पराजित हुँदा लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनका समर्थकहरुको आलोचना खेप्नुपरेको छ । मेस्सीको नाम लिँदा समर्थकहरूले सिट्ठी बजाउँदै विरोध जनाएका हुन् ।
यो सिजनको अन्त्यमा मेस्सी बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । दुई सिजन क्लबमा रहँदा पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिनु परेको छ । खेलमा लियोनका ब्राडली बारकोलाको एकमात्र गोल निर्णायक बन्यो । यसअघि अलेक्सान्डर लाकाजेटले पेनाल्टीबाट गोल गर्न चुकेका थिए । खेलको अन्त्यतिर पीएसजीका सर्वाधिक गोलकर्ता किलियान एम्बाप्पेले खेलको अन्त्यतिर खेल बराबरी गर्ने मौका पाएका थिए । तर, उनको प्रहारलाई गोलकिपरले बचाउ गरेका थिए ।
विश्वकप यता पीएसजीले सबै प्रतियोगिताका १८ मध्ये ७ खेलमा पराजित भएको छ । त्यसअघि टोली २२ खेलमा अपराजित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण