शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजी हार्दा मेस्सीको आलोचना

सोमबार, २० चैत २०७९, ०६ : ४१
सोमबार, २० चैत २०७९

पेरिस । घरेलु मैदानमा लियोनसँग पराजित हुँदा लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनका समर्थकहरुको आलोचना खेप्नुपरेको छ । मेस्सीको नाम लिँदा समर्थकहरूले सिट्ठी बजाउँदै विरोध जनाएका हुन् । 

यो सिजनको अन्त्यमा मेस्सी बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । दुई सिजन क्लबमा रहँदा पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिनु परेको छ । खेलमा लियोनका ब्राडली बारकोलाको एकमात्र गोल निर्णायक बन्यो । यसअघि अलेक्सान्डर लाकाजेटले पेनाल्टीबाट गोल गर्न चुकेका थिए । खेलको अन्त्यतिर पीएसजीका सर्वाधिक गोलकर्ता किलियान एम्बाप्पेले खेलको अन्त्यतिर खेल बराबरी गर्ने मौका पाएका थिए । तर, उनको प्रहारलाई गोलकिपरले बचाउ गरेका थिए ।

विश्वकप यता पीएसजीले सबै प्रतियोगिताका १८ मध्ये ७ खेलमा पराजित भएको छ । त्यसअघि टोली २२ खेलमा अपराजित रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप