महासङ्घको चुनाव
महासङ्घको चुनाव- संघई र अन्जानले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, २१ चैत २०७९, ११ : २५
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अहिलेसम्म २ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै आज अन्जान श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका थिए । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।
महासङ्घको चुनाव यही चैत २८ र २९ मा काठमाडौँमा हुँदैछ । आज ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको र अहिलेसम्म सबै पदमा गरेर कुल ५६ जनाले उम्मेदवारी दर्ता गराएको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण