आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौँमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै

मङ्गलबार, २१ चैत २०७९, १७ : ३९
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना तीन दिने राष्ट्रिय सहकारी महासम्मेलन गर्ने भएको छ । 

मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनको महासंघले चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौँमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्न लागेको जानकारी दिएको हो । सहकारी महासम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताइएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन स्टेरिङ कमिटी सदस्य सचिव चित्रकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन कायम गर्ने मुख्य उद्देश्य रहेको बताइन् । उनले सम्मेलनमा सरकारका प्रतिनिधि,जनप्रतिनिधि,सातै प्रदेशका सहकारी कर्मी,निजी क्षेत्रका प्रतिनिधि,गैरसरकारी संघ,विश्वविद्यालयका प्राध्यापकहरू र अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको गरी करिब एक हजार जनाको सहभागिता हुने बताइन् । 

त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था,वर्तमान समस्या र चुनौतीको विषयमा छलफल हुने बताए । उनले सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने बताए । 

उनले अब नेपालको सहकारी अभियानको दिशा निर्देश गर्नेको लागि महासम्मेलन गर्न लागेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप