चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौँमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना तीन दिने राष्ट्रिय सहकारी महासम्मेलन गर्ने भएको छ ।
मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनको महासंघले चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौँमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्न लागेको जानकारी दिएको हो । सहकारी महासम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन स्टेरिङ कमिटी सदस्य सचिव चित्रकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन कायम गर्ने मुख्य उद्देश्य रहेको बताइन् । उनले सम्मेलनमा सरकारका प्रतिनिधि,जनप्रतिनिधि,सातै प्रदेशका सहकारी कर्मी,निजी क्षेत्रका प्रतिनिधि,गैरसरकारी संघ,विश्वविद्यालयका प्राध्यापकहरू र अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको गरी करिब एक हजार जनाको सहभागिता हुने बताइन् ।
त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था,वर्तमान समस्या र चुनौतीको विषयमा छलफल हुने बताए । उनले सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने बताए ।
उनले अब नेपालको सहकारी अभियानको दिशा निर्देश गर्नेको लागि महासम्मेलन गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण