न्यूनतम साझा कार्यक्रमको मस्यौदा काटछाँट गरिँदै
काठमाडौँ । सत्तारुढ गठबन्धनले केही दिनभित्रै सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको छ । गठबन्धनमा रहेका दलहरूबाट प्राप्त सुझावहरूलाई समायोजन गरी न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने तयारी गरिएको हो ।
यसै विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका थिए । आजको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदामा दलहरूबाट प्राप्त सुझावहरू बारे छलफल भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा ऊर्जा मन्त्री शक्ति बस्नेतले रातोपाटीलाई बताए । ‘दलहरूका सुझावअनुसार केही बुँदाहरू थप्नु पर्ने छन् भने केही घटाउनु पनि पर्ने छन्,’ उनले भने, ‘आजको बैठक यिनै विषयमा केन्द्रित रह्यो । अब केही दिनमा यसलाई टुङ्ग्याएर सार्वजनिक गर्छौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण