आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेला पर्यो ५ हजार वर्ष पुरानो ट्याटु : हालसम्मको सबैभन्दा पुरानो ट्याटु

आइतबार, २० फागुन २०७४, १२ : ५२
आइतबार, २० फागुन २०७४

विश्वको पहिलो चित्रात्मक ट्याटु ५ हजार वर्ष पुरानो मम्मी (केमिकलको प्रयोग गरेर गाडिएका र लामो समय कुहिन नदिइएको लास)मा पत्ता लागेको छ । सो ट्याटु इजिप्टमा भेटिएका दुई मम्मीहरूमा भेटिएको हो ।
पुरुष मम्मीको शरीरमा जङ्गली साढे र भेडाको ट्याटु भेटिएको छ भने महिला मम्मीमा अङ्ग्रेजी अक्षर ‘एस’ आकृति रहेको छ ।

‘जर्नल अफ आर्किलोजी साइन्स’मा पूर्ण विवरण प्रकाशित सो आविष्कारले ट्याटुको आयुलाई पहिले मानिएको भन्दा हजार वर्ष पुरानो रहेको प्रमाण दिएको छ । यस आविष्कारले पहिलो फारोहाले ३१०० इसा पूर्वइजिप्ट एकीकरण गर्नुअघिको इजिप्टमा महिलाहरूमा ट्याटु गरिन्थ्यो भन्ने पहिलेको विश्वास पनि तोडेको छ ।

“ट्याटुमा प्रयोग गरिएका प्रतीकहरू निक्कै असाधारण रहेका छन् ।” ड्यानियल एन्टोइनले भने । उनी यस परियोजनाका प्रमुख अनुसन्धाता र बेलायती सङ्ग्राहलयको भौतिक मानवशास्त्र विभागको प्रमुख सङ्ग्रहकर्ता हुन् ।

एन्टोइनको अनुसार पुरुषमा रहेको जनावर विशेष साढेले सामाजिक स्तर, शक्ति र जवानी जनाउन सक्ने बताए । दुवै जनावर पूर्ववंशीय इजेप्टेली समाजमा धेरै प्रयोग गरिने सङ्केतमा पर्छ ।

साथै महिलाको बाँया पाखुरामा रहेको अङ्ग्रेजी ‘एस’ आकार त्यो बेलाको भाडाहरूमा प्रयोग गरिएको भेटिएको छ । 

मम्मीहरूको रेडियो कार्बन विधिबाट गरिएको मिति प्रमाणीकरणबाट मम्मी इजिप्टेली अक्षरहरू प्रयोगमा आउनु पहिलेको भएको पाइएको छ । यसले गर्दा यी चित्रहरूको अर्थ भेट्न गाह्रो हुने भएको छ । अब यसका लागि त्यो सयम अन्य स्थानमा ती प्रतीकको अर्थसँग तिनको तुलना गर्नुपर्ने हुन्छ ।

प्राचीन ट्याटु आर्टिस्टहरू
अनुसन्धानकर्ताहरूले त्यो समयको ट्याटु प्रक्रिया आजको जस्तै रहेको हुनसक्ने बताए । सियोको प्रयोगले कार्बनमा आधारित तत्व छालामुनि राखिएको छ । “उनीहरू निक्कै कुसल कलाकार थिए । त्यसैले मलाई लाग्छ कि उनीहरू ट्याटुमा निक्कै निपूर्ण थिए ।” एन्टोइनले भने ।

‘गेवेलेएन पुरष’ र ‘गेवेलेएन महिला’ आधिकारिक नाम रहेका उनीहरू बेलायती सङ्ग्राहलयमा वर्षौंदेखि थिए । ‘गेवेलेएन पुरुष’ सय वर्षअघि भेटिएको समयदेखि नै सो सङ्ग्राहलमा राखिएको हो । यो मम्मी उक्त सङ्ग्राहलयको प्रमुख आकर्षण रहिआएको छ । 

सन् २०१२ मा गरिएको पोस्टमार्टम जाँचले सो मम्मी मर्दाको समय १८ र २१ बीचमा रहेको पत्ता लागेको थियो । सो मम्मीको टाउकोमा अझै अदुवा रङको कपाल देख्न सकिन्छ ।

तर एन्टोइनले सो मानव अवशेषको जिम्मेवारी लिनुअघि त्यसमा रहेको ट्याटु बेवास्तामा परेको थियो । एन्टोइनले सो मम्मीको छाला इन्फारेड तस्बिर प्रयोगमार्फत जाँच गरेपछि सो ट्याटु पत्ता लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप