गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई काम गर्ने बल दिएको र अब गोल हान्ने जिम्मा शाहको भएको बताएका छन् ।
- चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशनमा बोल्दै लामिछानेले निर्वाचनअघि शाहसँग भएको सहमति अक्षरशः पालना गरिने प्रतिबद्धता जनाए ।
- उनले पार्टीभित्र असन्तुष्टिबारे बाहिर आएका हल्ला चिर्नका लागि यस्तो बताएको उल्लेख गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहलाई गोल हान्ने जिम्मा दिएको बताएका छन् ।
रास्वपाको आइतबारदेखि चितवनमा सुरु भएको पहिलो महाधिवेशनमा सभापति लामिछानेले प्रधानमन्त्री शाहले अब भटाभट गोल हान्नुपर्ने बताए ।
‘रास्वपाले बालेन्द्र शाहको खुट्टामा बल पुर्याएको छ,’ सभापति लामिछानेले भने, ‘ भटाभट गोल हान्ने जिम्मा उहाँको हो । झुकिएर त्यो बल मेरो खुट्टामा आएछ भने पास गर्ने जिम्मा मेरो हो ।’ उनले पार्टीभित्र असन्तुष्टि देखिएको विषयमा बाहिर आएका हल्लालाई चिर्न उनले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले निर्वाचनअघि शाहसँग पार्टीले गरेको सहमति एक/एक पालना गर्ने बताए । ‘निर्वाचन अगाडि बालेनजीसँग सहमति भएको छ । त्यो सहमतिको एक/एक अक्षर इतिहासलाई साक्षी राखेर पालना गर्नेछौँ,’ लामिछानेले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषको पिसाबमा रगत आउनुको कारण के हो ?
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण