बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेका २० जना पक्राउ

बुधबार, २२ चैत २०७९, १४ : ०६
बुधबार, २२ चैत २०७९

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले काठमाडौँ र सर्लाहीबाट पक्राउ गरेको हो । 

काठमाडौँको टोखा नगरपालिका-३ का ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रुपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस्तै सर्लाही, लालबन्दी नगरपालिका-१७ रानिगंज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ६० वर्षीय बेचु बम्जन समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ४० रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप