बयान दिन कान्तिपुर दैनिकका मालिक दोस्रोपटक सर्वोच्चमा (फोटो)
काठमाडौँ । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुर मिडिया गु्रपको पेशी आइतबारका लागि तोकेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बयानका लागि आज पेशी तोकेको हो । कान्तिपुरको समूह बयान दिनका लागि उपस्थित भए पनि समयाभावका कारण बयान लिन नभ्याइएपछि यही फागुन २० गतेका लागि पेशी तोकिएको हो ।
फागुन १३ गते अदालतले कान्तिपुर मिडिया गु्रपलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको थियो ।
प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गरेको अवहेलनाको मुद्दामा सुनुवाइपछि अदालतले सो आदेश दिएको हो ।
अदालतले बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचारदाता कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण