उद्योग वाणिज्य महासंघ चुनाव : द्वीराष्ट्रियतर्फ केसी र लुम्बिनी प्रदेशमा मिया निर्विरोध
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा २ जना निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २९ गते हुने चुनावमा एकल उम्मेदवारी परेपछि ११८ जना उम्मेदवारमध्ये २ जना निर्विरोध निर्वाचित बनेका हुन् । हिजो २१ गते साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा उनीहरुले दुवै जनाले आ–आफ्नो समूहतर्फ एकल उम्मेदवारी दिएका थिए । यससँगै, लुम्बिनी प्रदेशबाट र द्वीराष्ट्रियतर्फबाट १–१ जना गरी कूल २ जना सदस्य निर्विरोध निर्वाचित बनेको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।
महासंघले दिएको जानकारीअनुसार लुम्बिनी प्रदेशबाट जम्शेर मिया निर्विरोध निर्वाचित बनेका हुन् । प्रदेशबाट खुला सदस्यतर्फ १ जना निर्वाचित हुनुपर्नेमा मियाबाहेक अन्य कसैले पनि उम्मेदवारी दर्ता गराएनन् । यससँगै मिया निर्विरोध निर्वाचित बनेका हुन् । मिया अर्घाखाँची जिल्लाको चन्द्रौटा उद्योग वाणिज्य संघका प्रतिनिधि हुन् । यसैगरी, १ जना निर्वाचित हुने द्वीराष्ट्रिय सदस्यतर्फ उम्मेदवारी दिएका सुनिल केसी समेत निर्विरोध निर्वाचित बनेका छन् । उनी नेपाल भारत उद्योग वाणिज्य संघका प्रतिनिधि समेत हुन् । १ जना निर्वाचित हुने यो समूहतर्फ केसीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण