शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघ चुनाव : द्वीराष्ट्रियतर्फ केसी र लुम्बिनी प्रदेशमा मिया निर्विरोध

बुधबार, २२ चैत २०७९, १५ : ५३
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा २ जना निर्विरोध निर्वाचित बनेका छन् । यही चैत २९ गते हुने चुनावमा एकल उम्मेदवारी परेपछि ११८ जना उम्मेदवारमध्ये २ जना निर्विरोध निर्वाचित बनेका हुन् । हिजो २१ गते साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा उनीहरुले दुवै जनाले आ–आफ्नो समूहतर्फ एकल उम्मेदवारी दिएका थिए । यससँगै, लुम्बिनी प्रदेशबाट र द्वीराष्ट्रियतर्फबाट १–१ जना गरी कूल २ जना सदस्य निर्विरोध निर्वाचित बनेको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।

महासंघले दिएको जानकारीअनुसार लुम्बिनी प्रदेशबाट जम्शेर मिया निर्विरोध निर्वाचित बनेका हुन् । प्रदेशबाट खुला सदस्यतर्फ १ जना निर्वाचित हुनुपर्नेमा मियाबाहेक अन्य कसैले पनि उम्मेदवारी दर्ता गराएनन् । यससँगै मिया निर्विरोध निर्वाचित बनेका हुन् । मिया अर्घाखाँची जिल्लाको चन्द्रौटा उद्योग वाणिज्य संघका प्रतिनिधि हुन् । यसैगरी, १ जना निर्वाचित हुने द्वीराष्ट्रिय सदस्यतर्फ उम्मेदवारी दिएका सुनिल केसी समेत निर्विरोध निर्वाचित बनेका छन् । उनी नेपाल भारत उद्योग वाणिज्य संघका प्रतिनिधि समेत हुन् । १ जना निर्वाचित हुने यो समूहतर्फ केसीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध बनेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप