शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल

बुधबार, २२ चैत २०७९, १८ : ४२
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औं वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् । 

महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षिहरु रहेका छन् । ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दैछन् ।

बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटलले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षिहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् ।

उनले भने, ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौँ भन्ने गरेको छु ।’ 

यसै सिलसिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ । यसै सिलसिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको ढकालले बताए ।

उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्त्व रहने बताए ।

 ‘हामी एक भयौं भने मात्र निजी क्षेत्र बलियो हुन्छ ।  हाम्रो महत्त्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,’ उनले भने । 

उनले अगाडि भने, ‘निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी विभाजन नहौऔँ । एकता र सहकार्यबाट समाधान खोजौँ । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीहरुलाई मिलाउन सकिन्छ भनिरहेको छु । यसमा तपाईँहरूको साथ र सहयोग अपेक्षा गरेको छु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप