सांसद पाण्डेद्वारा रासायनिक मल कारखानाको फाइल प्रधानमन्त्रीलाई हस्तान्तरण
काठमाडौँ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै पुगेर पाण्डेले उक्त फाइल प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
आफू मुख्यमन्त्री रहेका बेला पाण्डेले थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए । उद्योग स्थापनाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ स्थित बागमती नदी किनारको ३८६ बिघा जग्गासमेत छनोट समेत भैसकेको छ ।
त्यस्तै प्रदेश सरकारको मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय भई औद्योगिक क्षेत्र निर्माणका लागी हाल सम्भाव्यता अध्ययन सम्पन्न भई हाल कारखाना निर्माण कार्य अघि बढिरहेकाले केन्द्र सरकारको तर्फबाट आवश्यक पहल गरिदिन आग्रहसहित प्रधानमन्त्रीसमक्ष फाइल हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्रीलाई फाइल हस्तान्तरण गर्दै पाण्डेले उद्योग स्थापना पश्चात् आगामी दिनमा रासायनिक मलको हाहाकार नहुने भन्दै त्यसका लागी छोटो समयमै उद्योग स्थापना हुने वातावरण मिलाइदिन समेत आग्रह गरे ।
‘अहिलेको अवस्थामा हाम्रो देशमा १० देखि १२ लाख मेट्रिक टन मल चाहिन्छ । त्यसका लागी हामीसँग केही समयअघि थाइल्यान्डको मेहाछाद ईन्टरनेशनल कम्पनीसँग सम्झौतासमेत गरिसकेका छौँ । उसले दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने प्रतिबद्धता पनि जनाइसकेको छ । अब उद्योग स्थापना हुने स्थानको भूमि व्यवस्थापन गर्ने कार्य मन्त्रिपरिषद्ले गर्नुपर्ने छ, त्यसका लागी प्रधानमन्त्री ज्यूले पहल गर्नका लागी अनुरोध गर्दछु,’ पाण्डेले भने ।
पाण्डेका अनुसार उद्योग स्थापनाका लागि गत ०७९ पुस ६ गते बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ स्थित बागमती नदी किनारको ३८६ बिघा जग्गासमेत छनोट भैसकेको छ । कारखाना स्थापनाका लागी सम्बन्धित स्थानीय तह हरिहरपुरगढी गाउँपालिकासँग आवश्यक प्रक्रिया टुङ्ग्याइसकिएको छ ।
उद्योग स्थापनाका लागी थाई कम्पनीसँग सम्झौतासमेत भइसकेकाले अब मन्त्रिपरिषद्बाट उक्त स्थानको जग्गा लिजमा दिने व्यवस्था मिलाउन पर्नेछ । त्यसका लागी प्रधानमन्त्रीले पहल गर्नुपर्ने उनले बताए ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पनि मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि रु एक खर्ब २५ अर्ब लागत अनुमान गरिसकिएको पनि उनले जानकारी दिए ।
सांसद पाण्डेको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकमा छलफल गरी निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण