नेपालमा बजाजको ८ लाख भन्दा बढी ग्राहक
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा “लिडरसीपको २५ वर्षः बजाज लिडर्स मिट–२०२३” मनाएको छ । बजाजले सन् १९९८ देखि नेपाली बजारमा सेवा दिँदै आएको छ ।
८ लाख भन्दा बढी नेपाली ग्राहकहरुको मन जित्न सफल बजाजका बाइकहरु नेपालमै असेम्बल हुने गरेका छन् । नेपालकै सबैभन्दा ठुलो मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु असेम्बल गर्दै आएको हो ।
विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनहरुको साथ नेपाली ग्राहकहरुको मन जित्दै नेपालीहरुको विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ । त्यस्तै बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधी र डिजाइन युक्त मोटरसाइकलहरु ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का निर्देशक अभिमन्यु गोल्छाले नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ वर्षको रजत उत्सव मनाउन पाउँदा खुशी लागेको बताए । ‘स्थापनाकालदेखि आज सम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं, र हामीले जे हासिल गरेका छौं त्यसमा मलाई निकै गर्व छ’, उनले भने, ‘हाम्रा कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवम् हाम्रा ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि म वँहाहरु सबैलाई लागि धन्यवाद दिन चाहन्छु ।’
यसैबीच बजाजले नयाँँ वर्ष २०८० को अवसर पारेर नव–वर्ष २०८० क्याम्पेन पनि लन्च गरेको छ । जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताहरुले २५% सम्म डाउन पेमेन्ट, रु. १० हजारसम्मको स्योर–शट क्यास डिस्काउन्ट र एक किलो चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण