जुम्लाको ओदीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते
बिहीबार, २३ चैत २०७९, २१ : ३७
जुम्ला । जुम्लाको हिमा गाउँपालिका-२ ओदीमा ट्याक्टर दुर्घटना भएको छ । बिहीबार साँझ भएको उक्त दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् ।
कालिकोटको ऋखिदेउबाट जुम्लातर्फ आउँदै गरेको भे२त २६१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताए । उनका अनुसार ट्याक्टर सडकदेखि अन्दाजी २ सय मिटर तल खसेको थियो । घाइते हुनेमा हिमा-५ का २२ वर्षीय युवराज बम र २ का २३ वर्षीय चालक धन बहादुर रोकाया रहेका छन् ।
घाइतेहरुको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको डीएसपी कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
-
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण