बाइडेन प्रशासनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरेको विषयमा प्रश्न उठाए, ट्रम्पलाई जिम्मेवार भने
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना जुन तरिकाले फिर्ता भए त्यसका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ ।
नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्पले लिएको निर्णयबाट खुसी थिएनन् । यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ ।
प्रतिवेदनमा भनिएको छ – तालिबानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नुपर्थ्यो ।
प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले जो बाइडेन प्रशासनले गलत सूचना फैलाइरहेको बताएका छन् ।
अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो ।
हतारमा एक लाख २० हजारभन्दा बढी मानिसलाई निकाल्नका लागि अमेरिकाले सङ्घर्ष गर्यो जसमा १३ अमेरिकी सैनिक र करिब २०० अफगान नागरिक मारिए ।
विदेश मन्त्रालय र पेन्टागनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयहरूको समीक्षा गरेका छन् । यो समीक्षा प्रतिवेदन गोप्य रूपमा संसद्मा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण