बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेन प्रशासनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरेको विषयमा प्रश्न उठाए, ट्रम्पलाई जिम्मेवार भने

शुक्रबार, २४ चैत २०७९, ०८ : १२
शुक्रबार, २४ चैत २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना जुन तरिकाले फिर्ता भए त्यसका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ ।

नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्पले लिएको निर्णयबाट खुसी थिएनन् । यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ ।

प्रतिवेदनमा भनिएको छ – तालिबानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नुपर्थ्यो ।

प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले जो बाइडेन प्रशासनले गलत सूचना फैलाइरहेको बताएका छन् ।

अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो ।

हतारमा एक लाख २० हजारभन्दा बढी मानिसलाई निकाल्नका लागि अमेरिकाले सङ्घर्ष गर्‍यो जसमा १३ अमेरिकी सैनिक र करिब २०० अफगान नागरिक मारिए ।

विदेश मन्त्रालय र पेन्टागनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयहरूको समीक्षा गरेका छन् । यो समीक्षा प्रतिवेदन गोप्य रूपमा संसद्मा पठाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप