शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलको सीईओमा जब्बोर कायुमोभ, एन्डी चोङ क्वालालम्पुर फर्किए

शुक्रबार, २४ चैत २०७९, १२ : ००
शुक्रबार, २४ चैत २०७९

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको मातृ कम्पनी ‘आजियाटा’ को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जब्बोर कायुमोभ नियुक्त भएका छन् । हालै सम्पन्न आजियाटाको बोर्ड बैठकले कायुमोभलाई सीईओमा नियुक्त गरेको हो । योसँगै कम्पनीले यसअघिका सिइओ एन्डी चोङलाई बढुवा गर्दै मुख्य कम्पनी आजियाटामा नै फिर्ता बोलाएको छ । आजियाटाको मुख्यालय मलेसियाको राजधानी क्वालालम्पुर रहेको छ । 

एन्डी चोङ सन् २०१९ नोभेम्बरमा एनसेलको सीइओ/प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए ।

नवनियुक्त सिइओ जब्बोर कायुमोभले यसअघि नै सन् २०१३ मेदेखि २०१६ अक्टोबरसम्म स्मार्ट टेलिकमको सीसीओ/सीइओ भएर काम गरिसकेका छन् । योभन्दा पनि अघि कायुमोभले २०११ अप्रिलदेखि २०१२ नोभेम्बरसम्म एनसेलको सीसीओ पदमा काम गरेका थिए ।

यो भन्दा अघि भने कायुमोभले सन् २०१० देखि २०११ सम्म ताजिकिस्तानमा सञ्चालित दूरसञ्चार टीसेलको सिइओ (नर्थ) बनेर काम गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप