शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

‘आकस्मिक समय’ मा सांसद बलायरले नियम बाहिर बोलेपछि सभामुखले रोके

शुक्रबार, २४ चैत २०७९, १३ : ४३
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरलाई संसदको आकस्मिक समयमा बोल्नुपर्ने विषय नराखेपछि बोल्न रोकेका छन् । सांसद बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी तय नभएको बारेमा भनाई राख्दै गर्दा सभामुखले रोकेका हुन् ।  सभाुमख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सांसद बलायरले बोलेको विषय हिजोको बैठक र आजको बैठक बीचको घटना वा विषय नभएकोले आफ्नो भनाई रोक्नका लागि आग्रह गरे ।

 ‘वास्तवमै नेपालको संविधान २०७२ ले देशको लोकतान्त्रिक गणतन्त्र र समावेशिता जुन तय गरिएको छ त्यसको उपजले आज हामी यहाँ उपस्थित भएका छौँ । देशका ७ वटा प्रदेशमध्ये ६ वटाको प्रदेश राजधानी तय भइसकेको, सुदूरपश्चिमको राजधानी त्यहाँको संसदले २०७५ सालमै २ तिहाईबाट तय गर्दा पनि अहिलेसम्म केन्द्रीय सरकारले

भोगाधिकार दिन नसकेको जटिल परिस्थिति सिर्जना भएको छ.....’ । सांसद बलायरले यति भनेपछि सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा नियमावलीको व्यवस्था सम्झाउँदै थप बोल्न रोकेका हुन् ।  ३ मिनेट बोल्नका लागि समय दिइने संसदको आकस्मिक समयमा तत्कालको जल्दोबल्दो राष्ट्रिय समस्याका बारेमा धारणा राख्नुपर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप