‘आकस्मिक समय’ मा सांसद बलायरले नियम बाहिर बोलेपछि सभामुखले रोके
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरलाई संसदको आकस्मिक समयमा बोल्नुपर्ने विषय नराखेपछि बोल्न रोकेका छन् । सांसद बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी तय नभएको बारेमा भनाई राख्दै गर्दा सभामुखले रोकेका हुन् । सभाुमख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सांसद बलायरले बोलेको विषय हिजोको बैठक र आजको बैठक बीचको घटना वा विषय नभएकोले आफ्नो भनाई रोक्नका लागि आग्रह गरे ।
‘वास्तवमै नेपालको संविधान २०७२ ले देशको लोकतान्त्रिक गणतन्त्र र समावेशिता जुन तय गरिएको छ त्यसको उपजले आज हामी यहाँ उपस्थित भएका छौँ । देशका ७ वटा प्रदेशमध्ये ६ वटाको प्रदेश राजधानी तय भइसकेको, सुदूरपश्चिमको राजधानी त्यहाँको संसदले २०७५ सालमै २ तिहाईबाट तय गर्दा पनि अहिलेसम्म केन्द्रीय सरकारले
भोगाधिकार दिन नसकेको जटिल परिस्थिति सिर्जना भएको छ.....’ । सांसद बलायरले यति भनेपछि सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा नियमावलीको व्यवस्था सम्झाउँदै थप बोल्न रोकेका हुन् । ३ मिनेट बोल्नका लागि समय दिइने संसदको आकस्मिक समयमा तत्कालको जल्दोबल्दो राष्ट्रिय समस्याका बारेमा धारणा राख्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण