शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ बानेश्वरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास

शुक्रबार, २४ चैत २०७९, १७ : ५९
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक एक पुरुषले आत्मदाह प्रयास गरेका छन्। उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले तत्कालै ती व्यक्तिको सुरक्षित उद्धार गरेको थियो।

प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति ५० वर्षीय प्रेम लामा हुन्। उनलाई बानेश्वर वृत्तमा लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका व्यक्तिलाई वृत्तमा राखेर परिवार बोलाई जिम्मा लगाउने काम भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप