नीति तथा कार्यक्रमका लागि पाँच दिनभित्र सुझाव दिन विभागीय प्रमुखलाई प्रचण्डको निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका विभागीय प्रमुखलाई पाँच दिनभित्र लिखित रूपमा सुझाव दिन निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको ३४ विभागीय प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सहयोग पुग्नेगरी सुझाव दिन आग्रह गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट दीर्घकालीन रूपमा महत्त्व राख्ने बजेट ल्याउन लागेकाले आ–आफ्नो विभागका तर्फबाट सुझाव दिन निर्देशन दिएका हुन् ।
‘अहिलेको व्यवस्था बमोजिम कस्तो बजेट ल्याउनुपर्छ ? त्यसमा आ-आफ्ना सुझाव पाँच दिनभित्र दिनुस्’ प्रचण्डको भनाई उदृढ गर्दै नेता डोरप्रसाद उपाध्यायले भने, ‘हरेक वर्ष परम्परागत खालको आउन थाल्यो । यो पटक त्यो सबै ब्रेक गर्नेगरी बजेट ल्याउनु प¥यो । त्यसमा तपाईँका के कस्ता सुझाव छन् दिनुप¥यो ।’
आ-आफ्नो विभागको बैठक बसेर नीति तथा कार्यक्रमलाई सहयोग पुग्नेगरी सुझाव दिन आग्रह गरेको उपाध्यायले बताए । विभागहरुले विषय विज्ञहरुलाई समेत राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेका छन् । माओवादीका ३४ विभागमध्ये अधिकांश निष्क्रिय भएकाले कस्तो सुझाव आउँछ भन्ने विषयमा महत्त्वका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण