सलमान भन्छन्- ओटीटीमा सेन्सरसिप आवश्यक छ
शनिबार, २५ चैत २०७९, ०७ : २८

मुम्बई । बलिउड अभिनेता सलमान खानले ओटीटी प्लेटफर्ममा सेन्सरसिपको आवश्यकता रहेको बताएका छन् । एक अवार्डको पत्रकार सम्मेलनमा उपस्थित सलमानले ओटीटीमा सेन्सरसिपको आवश्यकता औँल्याएका हुन् ।
‘मलाई लाग्छ कि ओटीटीमा सेन्सरसिप आवश्यक कुरा हो । गालीगलौज, अश्लीलता र अन्तरङ्ग दृश्यमा प्रतिबन्ध लगाउनुपर्छ । १५ देखि १६ वर्ष उमेर बालबालिका पनि ओटीटी हेर्छन् । यदि तपाईंको छोरी छ र उसले यी सबै कुरा हेर्छ भने उसलाई कस्तो लाग्ला । मेरो बुझाइमा यसका लागि सेन्सरसिप आवश्यक छ’, उनले भने ।
सलमानअघि कैयौं सेलिब्रेटीले पनि ओटीटीमा सेन्सरसिप हुनुपर्ने माग राख्दै आएका छन् । सलमानको फिल्म ‘किसीका भाई किसीकी जान’ रिलिजको तयारीमा छ । फिल्म अप्रिल २१ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार
-
नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष ढकाल
-
१० बजे १० समाचार : रवीन्द्र मिश्रलाई राहतदेखि छवि र रविको मुद्दा हेर्दाहेर्दैमासम्म
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद