सलमान भन्छन्- ओटीटीमा सेन्सरसिप आवश्यक छ
शनिबार, २५ चैत २०७९, ०७ : २८
मुम्बई । बलिउड अभिनेता सलमान खानले ओटीटी प्लेटफर्ममा सेन्सरसिपको आवश्यकता रहेको बताएका छन् । एक अवार्डको पत्रकार सम्मेलनमा उपस्थित सलमानले ओटीटीमा सेन्सरसिपको आवश्यकता औँल्याएका हुन् ।
‘मलाई लाग्छ कि ओटीटीमा सेन्सरसिप आवश्यक कुरा हो । गालीगलौज, अश्लीलता र अन्तरङ्ग दृश्यमा प्रतिबन्ध लगाउनुपर्छ । १५ देखि १६ वर्ष उमेर बालबालिका पनि ओटीटी हेर्छन् । यदि तपाईंको छोरी छ र उसले यी सबै कुरा हेर्छ भने उसलाई कस्तो लाग्ला । मेरो बुझाइमा यसका लागि सेन्सरसिप आवश्यक छ’, उनले भने ।
सलमानअघि कैयौं सेलिब्रेटीले पनि ओटीटीमा सेन्सरसिप हुनुपर्ने माग राख्दै आएका छन् । सलमानको फिल्म ‘किसीका भाई किसीकी जान’ रिलिजको तयारीमा छ । फिल्म अप्रिल २१ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण