प्रहरीलाई बालेन शाहको आग्रह : बाटो मिचेर बनाइएका संरचना हटाऔं
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरीलाई महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । मेयर शाहले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउनु गलत भएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन् : ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ शाहले काठमाडौं महानगरभित्र अवैध ढंगले बनाइएको प्रहरी संरचनाका तस्बिहरु पनि पोष्ट गरेका छन् ।
फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर आफूहरुले त्यहाँ व्यापार गर्न रोकेको बताउँदै उनले यो नियम सर्वसाधारणका लागि मात्रै नभई सबैका लागि लागू हुनुपर्नेमा जो दिएका छन् । मेयर शाहले विदेशी राजदूतावास र नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकिएको जानकारी दिएका छन् । ‘राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ । तयार बनौँ ।’



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण