शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई बालेन शाहको आग्रह : बाटो मिचेर बनाइएका संरचना हटाऔं

शनिबार, २५ चैत २०७९, ११ : ४४
शनिबार, २५ चैत २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरीलाई महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । मेयर शाहले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउनु गलत भएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन् : ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ शाहले काठमाडौं महानगरभित्र अवैध ढंगले बनाइएको प्रहरी संरचनाका तस्बिहरु पनि पोष्ट गरेका छन् ।

फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर आफूहरुले  त्यहाँ व्यापार गर्न रोकेको बताउँदै उनले यो नियम सर्वसाधारणका लागि मात्रै नभई सबैका लागि लागू हुनुपर्नेमा जो दिएका छन् । मेयर शाहले विदेशी राजदूतावास र नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकिएको जानकारी दिएका छन् ।  ‘राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ ।  कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ । तयार बनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप