एकैपटक ५ हजार डलरसम्म घट्यो टेस्लाको मूल्य
काठमाडौँ । विद्युतीय सवारी उत्पादक टेस्लाले अमेरिकामा जनवरी यता पाचौं पटक मूल्य घटाएको छ । समाचार संस्था सीएनएनका अनुसार अमेरिकी बजारमा टेस्लाले २ देखि ६ प्रतिशतसम्म मूल्य घटेको हो ।
यतिबेला विश्वभर आर्थिक मन्दी चलिरहेको छ । यसमाथि टेस्ला ब्राण्डका सवारीको मूल्य महँगो समेत छ । यही आरोपलाई सम्बोधन गर्दै सन् २०२३ को जनवरीदेखि अप्रिलसम्म आइपुग्दा विश्वका दोस्रो धनी एलन मस्कको कम्पनी टेस्लाले पाँचौँ पटक मूल्य समायोजन गरेको हो ।
यससँगै, कम्पनीको टेस्ला मोडल २ सेडानको मूल्य १ हजार डलरसम्म घटेको छ । यस्तै, मोडल वाई क्रसओभरको मूल्य २ हजार डलरसम्म घटेको टेस्लाको वेभसाइटमार्फत जानकारी दिइएको छ । यसका साथै मोडल एस र मोडल एक्सको मूल्य ५ हजार डलरसम्म घटेको छ ।
कम्पनीको मूल्य घटाउने निर्णयले अमेरिकी मापदण्डअनुसार करको दर समेत घट्ने अपेक्षा राखेको छ । कम्पनीका अनुसार अमेरिकाको मापदण्डअनुसार तोकिएको करको दर ७ हजार ५०० डलरमा आइपुग्ने जानकारी दिएको छ । यो वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ लाख २३ हजार सवारी डेलिभरी गरेको छ ।
यो मूल्य समायोजनपछि आएको ४ प्रतिशतको वृद्धि भएको सीएनएनले जनाएको छ । टेस्लाले सन् २०२३ मा विश्वभर १.८ मिलियन सवारी बेच्ने लक्ष्य तय गरेको छ । यसका लागि निरन्तर मूल्य समायोजन गर्दै यसपटक एकैचोटी भारी कटौती गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण