ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु
आइतबार, २६ चैत २०७९, ०९ : ०२

उदयपुर । ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ ।
आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे. १ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।
सो घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो