राष्ट्र बैंकले भोलि २२ अर्ब ४६ करोडको ट्रेजरी बोलकबोल गर्ने
आइतबार, २६ चैत २०७९, १९ : १५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।
केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका कूल २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको हो ।
सोमबार बोलकबोल हुने ट्रेजरीको बिक्री भने आगामी मंगलबार अर्थात् चैत २८ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् ।
कूल निष्काशित बिल मध्ये १६ अर्ब ४६ करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ६ अर्ब रुपैयाँ नयाँ बिक्री गरिने बैंकले जनाएको छ ।
यसअघि चैत २० गते केन्द्रीय बैंकले कूल १७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण