मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण लागि सम्झौता
विराटनगर । कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण कार्यक्रम अन्तर्गत सोमबार एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक मामिला मन्त्रालय र स्थानीय तह बीच सम्झौता भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर सोमबार पारित गरिएको हो ।
अर्जुनधारा नगरपालिकाको वडा नं २ मा उक्त क्षेत्रका चारवटा पालिकाहरू अर्जुनधारा, कनकाई र बिर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको थियो ।
त्यसैगरी मोरङको रङ्गेली नगरपालिकाको दर्वेशा र तेह्रथुमको आठराई गाउँपालिकाको वडा नं १ पुरानो बजारमा केन्द्र निर्माण गर्ने गरी सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरू बीच सम्झौता भएको छ । रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली सुनवर्षि, कानेपोखरी र धनपालथान गाउँपालिकालाई सेवा उपलब्ध गराउने छ भने तेह्रथमको आठराईमा निर्माण गरिने सेवा केन्द्रले आठराई र फेदाव गाउँपालिकालाई सेवा उपलब्ध गराउने छ । सेवा केन्द्र निर्माणका लागि आवश्यक निर्देशिका समेत मन्त्रिपरिषद्ले पारित गरिसकेको छ ।
पूर्वाधार निर्माणपछि सञ्चालनमा आउने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रबाट वारुणयन्त्र, एम्बुलेन्स र प्रहरी लगायतका सेवाहरु एकीकृत रूपमा उपलब्ध गराइने छ । विशेष गरेर स्थानीय तहहरूमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण