कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी
विराटनगर । कोशी प्रदेश सरकारले तीन ठाउँमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणको तयारी गरेको छ । सो कार्यक्रमअन्तर्गत एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवनलगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर पारित भएको छ ।
अर्जुनधारा नगरपालिका–२ मा उक्त क्षेत्रका चारवटा पालिका अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
त्यसैगरी मोरङको रङ्गेली नगरपालिकाको दर्वेशा र तेह्रथुमको आठराई गाउँपालिका–१ पुरानो बजारमा केन्द्र निर्माण गर्ने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीयतहबीच सम्झौता भएको छ । रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली सुनवर्षी, कानेपोखरी र धनपालथान गाँउपालिकालाई सेवा उपलब्ध गराउने छ । साथै तेह्रथमको आठराईमा निर्माण गरिने सेवा केन्द्रले आठराई र फेदाव गाउँपालिकालाई सेवा उपलब्ध गराउने भएको हो ।
विशेष गरेर स्थानीयतहमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । सेवा केन्द्र निर्माणका लागि आवश्यक निर्देशिका समेत मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । पूर्वाधार निर्माणपछि सञ्चालनमा आउने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रबाट बारुणयन्त्र, एम्बुलेन्स र प्रहरीलगायतका सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण