उत्तरी सीमानाकाहरु खोल्न सांसद बडूले गराए सरकारको ध्यानाकर्षण
सोमबार, २७ चैत २०७९, १६ : २०
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाई छ ।
उनले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण