अमेरिकाको बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु
सोमबार, २७ चैत २०७९, २२ : ३२

केन्टकी । अमेरिकाको केन्टकी सहरको एक बैंकमा गोली चल्दा एक बन्दुकधारी र कम्तीमा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एक प्रहरीसहित आठ जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
सोमबार बिहान ओल्ड नेशनल बैंकमा प्रहरी अधिकारीसँगको भिडन्तमा संदिग्धको मृत्यु भएको छ । ती व्यक्ति बैंककै पूर्व कर्मचारी हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहान ८ ः३० बजे गोली चलेको जानकारी प्राप्त भएको थियो ।
करिब तीन मिनेटपछि प्रहरी त्यहाँ पुगेपछि प्रहरी र अभियुक्तबीच गोली हानाहान भएको थियो । यद्यपी आक्रमणकारीको मृत्यु प्रहरीको गोलीबाट भएको हो वा उनले आफैलाई गोली हानेको हो भन्ने पुष्टि हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?