अमेरिकाको बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु
सोमबार, २७ चैत २०७९, २२ : ३२
केन्टकी । अमेरिकाको केन्टकी सहरको एक बैंकमा गोली चल्दा एक बन्दुकधारी र कम्तीमा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एक प्रहरीसहित आठ जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
सोमबार बिहान ओल्ड नेशनल बैंकमा प्रहरी अधिकारीसँगको भिडन्तमा संदिग्धको मृत्यु भएको छ । ती व्यक्ति बैंककै पूर्व कर्मचारी हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहान ८ ः३० बजे गोली चलेको जानकारी प्राप्त भएको थियो ।
करिब तीन मिनेटपछि प्रहरी त्यहाँ पुगेपछि प्रहरी र अभियुक्तबीच गोली हानाहान भएको थियो । यद्यपी आक्रमणकारीको मृत्यु प्रहरीको गोलीबाट भएको हो वा उनले आफैलाई गोली हानेको हो भन्ने पुष्टि हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण