विदेशी मुद्राको सञ्चिति १५ प्रतिशतले बढ्यो, ११ महिनाको आयात धान्न पुग्ने
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्राको सञ्चिति बढेर १४ खर्बमाथि पुगेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्टले गत असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति १५.२ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब २१ करोड पुगेको जनाएको हो । जबकी गत असार मसान्त, २०७९ मा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिको सञ्चित विदेशी मुद्राले अहिलेकै आयातको तुलनामा १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले वृद्धि भई रु.१२४४ अर्ब ९४ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २.० प्रतिशतले कमी आई रु.१५६ अर्ब २७ करोड कायम भएको छ । २०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण