फागुन महिनामै भित्रियो १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स
काठमाडौँ । फागुन महिनामा विदेशबाट १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले फागुन महिनामा मात्रै १ खर्ब ४ अर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ महिनासम्म विदेशबाट ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकि, फागुन महिनाको अन्त्यसम्म रेमिट्यान्स भित्रिने क्रम बढेर ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो ।
नेपालबाट वैदेशिक रोजगारीका लागि युवाहरु विदेशीने क्रम बढेपछि रेमिट्यान्स आप्रवाह समेत बढेको केन्द्रीय बैंकले जनाएको छ ।
यस अवधिमा श्रम स्वीकृत लिने युवाहरुको संख्या ३ लाख ५१ हजार ७६१ पुगेको छ । यस्तै, पुनः श्रम स्वीकृत लिने युवाको संख्या १ लाख ९२ हजार ५५९ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण