तनहुँ–१ का उम्मेदवार भट्टराईका १० घोषणा
काठमाडौँ । तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उप निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले आफ्नो चुनावी अपिल सार्वजनिक गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गर्दै भट्टराईले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्याउने घोषणा गरेका छन् । उनले गरिब र नसक्नेका लागि न्यूनतम बिजुली र पानीको शुल्क नलिने व्यवस्था गराउने पनि उल्लेख गरेका छन् । सबै पालिकाबाट घर घरमा सेवा दिन आवश्यक व्यवस्था समेत पाँच वर्षभित्र हुने उनको प्रतिबद्धतामा छ ।
तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसूति, क्यान्सर, मिर्गौला वा बाल सम्बन्धी विशिष्टीकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गरेका छन् । जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिबद्धतामा शालिग्राम कोरिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशूली कोरिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।
व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिबद्धता उनको छ ।
प्रतिबद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ । जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाईसमेत प्राथमिकतामा राखेका उनले पर्यटकीय थलोहरू तनहुँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने भट्टराईको प्रतिबद्धतामा छ ।
तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रूपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराईको प्रतिबद्धतामा छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिमा आत्मनिर्भर बनाउनुका साथै तनहुँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउनेमसेत भट्टराईले घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण