विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार नदिएको भन्दै सर्वोच्चमा अवहेलनाको मुद्दा दायर
काठमाडौँ । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार नदिएको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । लोकतान्त्रिक अभियन्ता नन्दराज उपाध्यायले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् ।
यसअघि सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न परमादेश जारी गरेको थियो । उक्त आदेश कार्यान्वयन नगरेर सरकारले अदालतको अवहेलना गरेको भन्दै अदालत पुगेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई विपक्षी बनाई मुद्दा हालेका हुन् ।
यसअघि ७ चैत २०७४ मा सर्वोच्चले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिने व्यवस्था गर्न आदेश जारी गरेको थियो । आदेश जारी गरेको लामो समय भइसक्दा पनि सरकारले न अधिकार दिन सकेको छ न कानुन नै बनाउन सकेको छ ।
यो लगायतका विभिन्न माग अघि सार्दै उपाध्याय यसअघि माइतीघर मण्डलामा धर्नामा बसेका थिए । धर्नामा बस्दा राज्यले मागप्रति बेवास्ता गरेको भन्दै आफू अदालत जान बाध्य भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण