सबैभन्दा बढी कर तिरे बापत नोबेल सम्मानित

काठमाडौँ। स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग वाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग वाणिज्य दिवस र उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाले नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र उपाध्यायलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पताल सबैभन्दा बढी आयकर तिरेर पटक–पटक सम्मानित हुँदै आएको छ ।
आर्थिक वर्ष २०७३/०७४, २०७६/०७७ र २०७७/०७८ मा नोबेलले स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये नेपालमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । सो बापत आन्तरिक राजश्व विभागले नोबेललाई तीन वर्ष उत्कृष्ट करदाताको रूपमा सम्मानित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ
-
क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल
-
मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा
-
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह
-
बेनफिकाका स्पेनिस खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड
-
एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँ : महासचिव पोखरेल