आइपिएल क्रिकेटमा मुम्बईको पहिलो जित
बुधबार, २९ चैत २०७९, ०६ : ०६
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।
मुम्बईले मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । लिगमा दिल्लीको भने लगातार चौथो हार हो ।
अरुण जेट्ली रङ्गशालामा सम्पन्न खेलमा दिल्लीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले १९।४ ओभरमा सबै विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको थियो ।
जितसँगै तीन खेलबाट दुई अङ्क जोडेको मुम्बई आठौँ आठौँ स्थानमा छ । चार खेल खेल्दा पनि अङ्कविहीन दिल्ली तालिकाको पुछारमा छ ।
आइपिएलमा आज चेन्नेइ सुपर किङ्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण